हेटौंडा – मकवानपुर हेटौंडा उपमहानगरपालिकाका छुट्टाछुट्टै स्थानबाट स्थानबाट लागुऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नं.१६ हटियाबाट ५ किलो ४०० ग्राम लागुऔषध खैरोहेरोईन जस्तो देखिने धुलो पदार्थ सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३९ वर्षीय सुवास लामिछाने र हेटौंडा–७ बस्ने २८ वर्षीय बिकेश गौतम रहेका छन् ।
त्यस्तै हेटौंडा उपमहानगरपालिका वडा नं.१२ नयां पुलस्थित भित्री बाटोबाट विभिन्न प्रकारको लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही वडामा बस्ने २७ वर्षीय रमेश बिश्वकर्मा र २७ वर्षीय सजन बिश्वकर्मा रहेका छन् । अस्थायी प्रहरी पोष्ट थानाभर्याङगबाट खटिएको टोलीले उनीहरुको साथबाट लागुऔषध डाईजेपाम १६ एम्पुल, फेनरागन १६ एम्पुल, नुफिन १६ एम्पुल गरी ४८ एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
त्यस्तै हेटौंडा उपमहानगरपालिका वडा नं. १९ गुम्बाचोकबाट ५ किलो ४०० ग्राम लागु औषध गांजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा–३ बसामाडी बस्ने बर्ष ४२ को लक्ष्मण बल रहेका छन् । शंकास्पद अबस्थामा देखिएका बललाई चेकजांच गर्दा उनले बोकेको झोलाबाट उक्त परिमाणमा लागुऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
लागुऔषध सहित पक्राउ परेका पाँचै जनामाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।