प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा सवारी दुर्घटना: दुईको मृत्यु, तीन घाइते

२०७८ चैत्र १०, बिहीबार १५:०७ बजे

हेटौंडा – मकवानपुरको तीन छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

त्रिभुवन राजपथ अन्तर्गत मकवानपुर भीमफेदी–१ सुन्दरीमाईमा हेटौडाबाट भैसेतर्फ जादै गरेको ना १ ज ३४७२ नम्बरको सुमो र बिपरित दिशाबाट आउदै गरेको ना ४९ प २५५६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौडा ८ कमाने बस्ने बर्ष ३१ को प्रमोद कुमार रिमाल रहेका छन् । दुर्घटनामा घाइते रिमालको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने सुमो तथा चालक प्रहरीको नियन्त्रणमा रहेको छ।

त्यस्तै हेटौंडा उपमहानगरपालिका–१९ मा ट्याक्टर दुर्घटना हुँदा चालक मकवानपुर राक्सिराङ गाउँपालिका–८ बस्ने वर्ष २८ को सागर स्याङतानको मृत्यु भएको हो ।

बिहान विहान हेटौडाको बस्तिपुरस्थित राप्तिखोलामा भुन्द्रुङबाट बस्तिपुर हाईवेतर्फ आउदै गरेको ना ६त १८४५ नम्बरको खालि ट्याक्टर काठको पुल पार गर्ने क्रममा काठको पुल भाच्चिँएर ट्याकटर दुर्घटना भएको थियो ।

यसैगरी हेटौंडा उपमहानगरपालिका– २ मुख्यमन्त्री निवास आगाडिको बाटोमा हावाहुरीका कारण रुख ढल्दा मयुरीमा सवार ३ जना घाइते भएका छन् । रुख ढलेर गुडिरहेको ना १ ह १४०४ मयुरीलाई थिच्न पुग्दा मयुरीमा सवार ३ जना घाइते भएको हो ।

घाइतेलाई उद्धार गरेर उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो । सामान्य उपचारपछि घाईतेहरु घर गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।