प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

करेन्ट लागेर हेटौंडाका लामिछानेको मृत्यु

२०७९ चैत्र १, बुधबार १३:१० बजे

हेटौंडा – करेन्ट लागेर हेटौंडाका एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुर बस्ने अन्दाजी ४३ वर्षीय दीपक लामिछाने रहेका छन् ।

बागमति प्रदेश प्रहरीका अनुसार चितवन खैरहनी नगरपालिका–१२, सिसनियास्थित आफ्नै दिदीको घरमा पुगेका लामिछाने पानी तान्ने मोटरको तारमा अचानक छुन पुग्दा करेन्ट लागी घाइते भएका थिए । लामिछानेको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुर मृत्यु भएको प्रहरीले जनाएको छ ।