प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मानव अधिकारका लागि महिला, एकल महिला समूह मकवानपुरको भवन शिलान्यास

२०७९ माघ १२, बिहीबार ०६:४६ बजे

हेटौंडा – मानव अधिकारका लागि महिला,एकल महिला समूह मकवानपुरको भवन शिलान्यास गरिएका छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्यांगमा हेटौंडा उपमहानगरपालिकाको नगर प्रमुख मीना कुमारी लामाले शिलान्यास गर्नु भएको हो ।

हेटौंडा उपमहानगरपालिकाकै १० लाख सहयोगमा निर्माण हुन लागेको भवन २०८० बैशाख ३० सम्म सम्पन्न गर्नुपर्ने लक्ष्य राखिएको मानव अधिकारका लागि महिला,एकल महिला समूह मकवानपुरकी कोषाध्यक्ष निर्मला पौडेलले बताउनुभयो । सो समूह मकवानपुरकी कार्यवाहक अध्यक्ष शान्ता बिकको अध्यक्षतमा भएको कार्यक्रममा बिशिष्ट अतिथि वडा नम्बर ११ की वडा अध्यक्ष जुना दाहाल,वडा नम्बर ५ की वडा सदस्य रंजिता सिलवाल,नेपाल बार एसोशिएन मकवानपुरकी अध्यक्ष अप्सरा बस्नेत,समूहको महासचिव शारदा चौलागाईं,नेपाल रेडक्रस सोसाइटी हटिया उपशाखाका सभापति कृष्णबहादुर सापकोटा,सदस्यहरु अष्टमायाँ श्रेष्ठ,कल्पना आचार्य लगायतको उपस्थिति रहेको र कार्यक्रममा निर्माण उपभोक्ता समितिका अध्यक्ष अमृता थापा मगर,सदस्यहरु राधा कोइराला,गंगा न्यौपाने लगायत पनि सहभागी रहनु भएको कोषाध्यक्ष निर्मला पौडेलले बताउनुभयो । कार्यक्रममा शिलान्यास गर्दै नगर प्रमुख लामाले आफ्नै कार्यकालमा एकल महिलाहरुको भवन निर्माण आफूले सम्पन्न गरी छाड्ने प्रतिबद्धता जनाउनुभएको छ ।