प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरको थाहामा एक घरमा आगलागी

२०८० फाल्गुन २४, बिहीबार २१:०४ बजे

हेटौंडा – मकवानपुरको थाहा नगरपालिका वडा नं.११ मालागिरीमा एक घरमा आगलागी भएको छ । स्थानीय सुरेन्द लामाको दुङगा, माटो र जस्तापाताबाट बनेको कच्चि घरमा बिहीबार अपह्रान्न ४ बजेर २० मिनेटको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

आगलागी हुँदा उक्त घरमा रहेको ग्यास सिलिण्डर समेत पड्किएको थियो । घरमा लागेको आगो स्थानिय र थाहा नगरपालिकाको दमकलको सहयोगमा करिब ४० मिनेटपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीबाट घरमा रहेको सुन १ तोला, नगद १ लाख ३६ हजार, अन्नपात, घर पुर्ण रुपमा जलेर नष्ट भएको छ भने मानविय, पशु चौपाया क्षति भएको छैन । आगलागी हुनुको कारण खुलेको छैन । यसबारे अनुसन्धान भइहरेको प्रहरीले जनाएको छ ।