हेटौँडा – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले हेटौँडा उपमहानगरपालिकाका संयोजक सन्तोष न्यौपानेलाई निलम्बन गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता एवम् महामन्त्री डा. मुकुन्द ढकालले पार्टीको मुल सिद्धान्त, विचार, धारणा र नीतिविपरित फेसबुकमा स्टाटस राखी पार्टीको छविलाई बदनाम गरेको भन्दै निलम्बन गरेका हुन् ।
हालै सम्पन्न स्थानीय निर्वाचनमा वडाध्यक्षमा पराजित भएपछि नेकपा माओवादी केन्द्र त्यागेका थिए । गत साउन २७ मा हेटौँडा भएको प्रदेश भेलाले भेलाले न्यौपानेलाई हेटौँडा उपमहानगरपालिकाको संयोजकमा चयन गरेको थियो ।
त्यसपछि मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा पार्टीले भरत पराजुलीलाई टिकट दिएको थियो । टिकट बाँडफाड लगायतका विषयमा न्यौपानले पार्टीको नीति विपरित फेसबुकमा जथाभावी स्टाटस पोष्ट गर्न थालेपछि बाध्य भएर कारबाही गर्नु परेको जिल्ला संयोजक राजकुमार न्यौपानेले बताए ।
