प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

स्थानीय तह निर्वाचनः हेटौंडा ५ मा एमालेको उम्मेद्वार छनौट, अध्यक्षमा घिमिरे

२०७८ चैत्र २४, बिहीबार ०५:३६ बजे

हेटौंडा – आगामी स्थानीय तहको निर्वाचनका लागि एमालले हेटौंडा उपमहानगरपालिका वडा नंबर ५ मा उम्मेद्वार टुङ्गो लगाएको छ । एमालेको बुधबार भएको वडा कमिटि बैठकले उम्मेद्वारको टुङ्गो लगाएको हो ।

बैठकले पुर्वबक्सिङ खेलाडी तथा पिप्ले युवा क्लबको अध्यक्ष सुशिल घिमिरेलाई वडाध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको छ । समाजसेवीको राम्रो छवि बनाएका घिमिरे हेटौंडाका लोकप्रीय युवा अभियान्ता हुन् । उनकै अगुवाईमा हेटौंडामा बहुउद्देश्यीय कभर्डहल, पिप्ले क्याम्पा रंगशाला निर्माण गरिएको थियो ।त्यस्तै वडासदस्यमा राम राई, ज्ञानु थापा, रन्जिता सिल्वाल र भगवती बि.क. चयन भएका छन् ।