प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडाका ब्लोन प्रहरीको फन्दामा

२०७८ चैत्र २६, शनिबार १२:१७ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिकाबाट लागुऔषध सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–७ नागस्वती बस्ने २२ वर्षीय सन्देश ब्लोन रहेका छन् ।

घरमा लागुऔषध रहेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट हरियाली र ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले घर तलासी गर्दा नियन्त्रित लागुऔषध ट्रामा १ हजार ४० पिस, नाईट्राभेट ५ सय २५ ट्याब्लेट र कोरेक्स १० बोतल सहित शनिबार बिहान ब्लोनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।