प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा मान्छे मार्ने बाघ नियन्त्रणमा

२०८० मंसिर ११, सोमबार ०७:२१ बजे

हेटौंडा – गत शुक्रबार मकवानपुरको मनहरी गाउँपालिका वडा नं.६ मा मान्छे मार्ने बाघलाई चितवन राष्ट्रिय निकुञ्जले आइतबार नियन्त्रणमा लिएको छ।

चितवन राष्ट्रिय निकुञ्जका नेपाली सेना र सुनाचुरी रेन्ज पोष्टबाट खटिएको प्रविधिक सहितको टोलीले बाघ निकुञ्जकै मध्यवर्ती क्षेत्रबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका  प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

आइतबार राती ९ बजेर ५ मिनेटको समयमा निकुञ्जको टोलीले बाघ नियन्त्रणमा लिएर वन्यजन्तु केन्द्र चितवनतर्फ लगेको उनले बताए ।शुक्रबार बिहान  निकुञ्जबाट आएको बाघले राप्ती नगरपालिका बस्ने ४३ बर्षीय हरि पौडेलको ज्यान लिएको थियो । 

 

यो पनि पढ्नुहोस्