प्रहर खबर
 २०८३ श्रावण ६, बुधवार    

नेपाल मुस्लिम इत्तेहाद संगठन मकवानपुरद्वारा गृहमन्त्रीलाई ज्ञापनपत्र

२०७९ जेठ १८, बुधबार १०:१६ बजे

हेटौंडा – नेपाल मुस्लिम इत्तेहाद संगठन मकवानपुरले हज यात्रको रकममा दोब्बर बृद्धिप्रति आपत्ती जनाउँदै ज्ञापनपत्र बुझाएको छ ।जिल्ला प्रशासन कार्यालय मकवानपुर पुगेर प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

२ लाख २५ हजारमा सम्पन्न हुने हज यात्रालाई हाल ४ लाख ६२ हजार तोक्नु अबैज्ञानिक र बेइमानीपुर्ण रहेको भन्दै ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा भनिएको छ, “प्रष्ट नाम नै नखुलेको हज उपसमितिको हवला दिदै तोकिएको चार्को शुल्क सम्बन्धी घोर निन्दा र भत्सना गर्दछौँ । बिगतमा रु २ लाख २५ हजारमा सम्पन्न हज यात्रालाई हाल त्यसको दोब्बर अर्थात ४ लाख ७३ हजार तोक्नु यो आफैमा अबैज्ञानिक र बैमानिपुर्ण नेपाल मुस्लिम इत्तेहाद संगठनको ठहर रहेको छ ।”

haj-rotated