हेटौंडा – हेटौंडा उपमहानगरपलिकाले उपमहानगरक्षेत्रका ९ परिवारलाई सिलाई मेसिन वितरण गरेको छ । दलित वर्ग आयआर्जन कार्यक्रम अन्तरगत हेटौंडा उपमहानगरभित्र बसोबास गर्दै आएका ६ वटा वडाका ९ जनालाई दैनिक आर्थिक आयआर्जनमा सहयोग पु¥याउने उदेश्यले सिलाई मेसिन वितरण गरेको हो ।
सोमबार एक कार्यक्रमा आयोजना गरी हेटौंडा उपमहानगरका प्रमुख मीनाकुमारी लामाले सिलाई मेसिन हस्तान्तरण गरेकी हुन् । प्रतिमेसिन करिब १५ हजार रुपियाँको लागतमा खरीद गरी १,५,८,११, १७ र १८ नम्बर वडाका ९ वटा परिवारलाई हस्तान्तरण गरेको हेटौंडा उपमहानगरले जनाएको छ ।
मेसिन हस्तानतरण गर्दै नगरप्रमुख लामाले मेसिनको सहित सदुपयोग गर्दै आय आर्जनमा जोडिन आग्रह गरिन् । घरमा बसीबसी आफ्नो सीपलाई तिर्खार्दै भोलिको दिनलाई सुन्दर बनाउँन तर्फ लाग्न उनको सुझाव थियो ।