हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ मा नेपाली काँग्रेस विजयी भएको छ ।
नेपाली काँग्रेसका शिव प्रसाद खनाल १ हजार ९७ मत प्राप्त गरी विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेद्वार भिमसेन अधिकारीले ३ सय ९० मत प्राप्त गरे । समाजबादी र माओबादीको गठबन्धनले ३ सय १० मत ल्याए ।
वडा सदस्यहरुमा नेपाली काँग्रेसकै दिपक ढकाल,सानोकान्छा घलान,सेती माया तामाङ,सावित्री घिमीरे बिजयी भएका छन । उक्त वडामा जम्मा १ हजार ७ सय मत खसेको थियो ।
त्यस्तै नेपाली कांग्रेसले इन्द्रसरोबर र भिमफेदी गाउँपालिका वडा नं.१ मा विजयी हासिल गरिसकेको छ ।