प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा खाल्टोमा जमेको पानीमा डुबेर नाबालिकाको मृत्यु

२०८१ भाद्र ८, शनिबार २०:२५ बजे

हेटौंडा – मकवानपुरको राक्सिराङ्ग गाउँपालिका वडा नं.६ सिलिङ्गेमा पानीमा डुबेर ३ बर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय शेर बहादुर प्रजाको ३ बर्षीया छोरी रहेकी छिन् । उनको नाम खुलेको छैन ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार साझँ घरदेखि करिब २० मिटरको पर रहेको पानी ट्याङकी बनाएको पुरानो खाल्टोमा जमेको पानीमा डुबेर नाबालिकाको मृत्यु भएको हो ।

जनप्रतिनिधिबाट खबर प्राप्त भएपछि घटनास्थलमा इलाका प्रहरी कार्यालय मनहरीको टोली पुगेको बताईएको छ ।