प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरका दुई किशोर प्रहरीको फन्दामा

२०७८ फाल्गुन २९, आईतबार ०३:४१ बजे

हेटौंडा – मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैसेबाट अवैध लागूऔषध गाँजा सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाशा गाउँपालिका–३ र सोही गाउँपालिका–९ बस्ने २ जना किशोर रहेका छन् । प्रहरीले उनिहरुको नाम भने सार्वजनिक गरेको छैन ।

प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले उनिहरुलाई करिब २ केजी २ सय ग्राम गाँजा सहित शनिबार दिउँसो पक्राउ गरेको हो । नामटारबाट हेटौंडातर्फ आउँदै गरेको ना.४ ख ४०२४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनिहरुको साथबाट उक्त परिमाण लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।