प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बागमती प्रदेश प्रमुख शर्मा र नेपाली सेनाका मध्यकमाण्डका उपरथी श्रेष्ठकाबीच भेटवार्ता

२०७८ चैत्र १, मंगलबार १२:४७ बजे

मकवानपुर – बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मा र नेपाली सेनाका मध्य कमाण्ड पोखराका उपरथी बाबुराम श्रेष्ठका बीच आज मंगलबार शिष्टाचार भेटवार्ता भएको छ ।

भेटका क्रममा प्रमुख शर्माले आम नागरिकको सेवाका लागि देशको आर्मीले सक्रियतापूर्वक महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रसंशा गरे । ‘नागरिकको सेवाका लागि नेपाली सेनाले निर्वाह गरिरहेको भूमिका प्रसंशनीय छ ।’ भेटका क्रममा शर्माले भने,‘विभिन्न विपद् व्यवस्थापन, उद्दारका काममा यहाँहरुले विशीष्ट योगदान पुर्याउनुभएको छ ।’ समाजमा रहेका नागरिकका भावना बुझ्दै आफ्ना कार्यमा सेना लागिपरेको बताउँदै शर्माले समाजको उत्थान तथा विकासका लागि सेनाको योगदान सह्राहनीय रहेको उल्लेख गरे ।

यस्तै, प्रमुख शर्माले सिमान्त समुदायका नागरिकलाई मूलधारमा ल्याउँनका लागि नेपाली सेनासंग सहकार्य गरिनुपर्ने बताए ।

कुराकानीका क्रममा उपरथी श्रेष्ठले आफूहरु नागरिकको सेवाका लागि लागिपरेको बताउँदै प्रदेश प्रमुखसंगको भेटले थप उत्साह मिलेको बताए। वर्षायाम सुरु हुन लागिरहेकाले आफूहरु विपद् व्यवस्थापनको तयारी अवस्थामा रहेको उपरथी श्रेष्ठले बताए ।

भेटमा प्रमुख शर्माले उपरथी श्रेष्ठलाई मायाको चिनोका रुपमा काठको ठेकी प्रदान गरे ।