प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बागमती प्रदेशसभा बैठकको तयारी पुरा

२०७९ मंसिर २६, सोमबार ०८:०१ बजे

हेटौंडा – बागमती प्रदेशसभा सचिवालयले पहिलो प्रदेशसभा अधिवेशनको तयारी पुरा भएको जनाएको छ । सोमबार पत्रकार सम्मेलन आयोजना गरी बागमती प्रदेशसभा सचिवालयका सचिव कृष्णहरी खड्काले अधिवेशनको तयारी पुरा भएको जानकारी दिएका हुन् ।

पत्रकार सम्मेलनमा खड्काले प्रदेशसभाको पहिलो बैठकका लागि भौतिक संरचनाहरु निर्माण सम्पन्न भएको बताए । उनले भने, ‘केहि काम थोरै बाँकी छन्, ती काम पनि तिब्रगतिमा सम्पन्नको चरणमा छन् ।’

प्रदेशसभा सदस्यहरुको बैठक अघि हुने सर्वदलीय बैठकको तयारी पनि सुरु भइसकेको उनले बताए । उनले प्रदेशसभाको बैठक कक्षमा रङरोगन सहितका मर्मतका कामहरु सम्पन्न भएको बताए । त्यस बाहेक सभामुख, उपसभामुखको कार्यकक्षलाई ‘रि डिजाईन’ गर्ने काम पनि सकिएको खड्काको भनाई छ ।