प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा लागूऔषध र भरुवा बन्दुक सहित एक जना पक्राउ

२०७८ चैत्र ११, शुक्रबार १२:२२ बजे


हेटौंडा – मकवानपुर प्रहरीले लागूऔषध र भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ५२ को डिल बहादुर गोङ्वा रहेका छन् ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहत अस्थायी प्रहरी पोष्ट धादिङ्ग मकवानपुरबाट खटिएको प्रहरी टोलीले गोङ्वालाई विहिबार पक्राउ गरेको हो । उनको साथबाट लागूऔषध अफिम ७५ ग्राम, लागूऔषध गाँजा ७०० ग्राम र एक नाले भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गोङ्वालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।