प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

मकवानपुरमा माओवादी केन्द्रले थाहाबाट खाता खोल्यो

२०७९ बैशाख ३१, शनिबार १०:३३ बजे

हेटौंडा – मकवानपुरको थाहा नगरपालिका वडा नं. २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।

जम्मा खसेको २ हजार १०७ मत मध्य ८६३ मत प्राप्त गरी माओवादीको तर्फबाट वडाध्यक्षका उम्मेदवार हेरमान गोपाली विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रदिप प्रधानले ७५८ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काङ्ग्रेसका रुपचन गोपालीले ३५८ मत प्राप्त गरे ।

मकवानपुरमा हालसम्म ४ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेसले ३ तथा माओवादी केन्द्रले एक वडा जितेको छ ।