प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

प्रदेश खेलकुद प्रतियोगिताः फुटबलतर्फ आज दुई खेल हुँदै, मकवानपुरको खेल दोस्रो

२०७८ फाल्गुन ३०, सोमबार ०५:०० बजे

हेटौंडा – प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा आज (सोमबार) दुई खेल हुँदैछ ।

हेटौंडा–४ पिप्ले क्याम्पा रंगशालामा हुने पहिलो खेलमा समुह ख बाट रामेछाप र सिन्धुपाल्चोक जिल्लाबिच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै दोस्रो खेल समुह क बाट दिउँसो ३ बजे घरेलु टोली मकवानपुर र नुवाकोट जिल्लाबिच प्रतिस्पर्धा हुनेछ ।

आज जित निकाल्ने टोली पुरुष फुटबलको क्वाटरफाइनलमा प्रवेश गर्नेछ ।

आज पहिलो खेलमा जित निकाल्ने टोलीले क्वाटरफाइनलमा ललितपुरसंग प्रतिस्पर्धा गर्ने छन् । ललितपुरले आईतबार चितवनमाथि १–० गोलको जित निकालेको थियो ।

त्यस्तै आजै हुने दोस्रो खेलमा जित निकाल्ने टोलीले सिन्धुली र काठमाडौंबिचको विजेतासंग भिड्नेछ ।

प्रतियोगिताको पुरुष फुटबलमा प्रदेशका १३ वटा जिल्लाको सहभागिता रहेको छ ।