प्रहर खबर
 २०८३ श्रावण ८, शुक्रवार    

गठवन्धन बाहेक अन्यको प्रचार गरे कारबाही गर्ने कांग्रेस मकवानपुरको चेतावनी

२०७९ बैशाख २४, शनिबार ११:५९ बजे

हेटौंडा – नेपाली कांग्रेस मकवानपुरले आफ्नो पार्टीको कार्यकताले गठबन्धनको बाहेक अन्य ब्यक्ति वा उम्मेद्वारको सामजिक सञ्जालमा प्रचार गरे कारबाहीको चेतावनी दिएको छ । गठवन्धनको निर्णयबाट तिब्र असन्तुष्ट कार्यकर्ताहरुले स्वतन्त्र, बागी तथा अन्य उम्मेद्वारको प्रचार गर्न थालेपछि विज्ञप्तीमार्फत कारबाही गर्ने चेतावनी दिएको हो । 

त्यस्तै कांग्रेसले चुनावमा गठवन्धनका उम्मेद्वारलाई विजयी बनाउन निर्देशन समेत दिएको छ । जिल्लाको १० वटै स्थानीय तहमा उम्मेद्वार बनेका गठवन्धनको कार्यकर्तालाई विजयी गराउन निर्देशन दिएको हो । पार्टीको नीति रनिर्णयविरुद्ध कांग्रेसका कार्यकर्ता लाग्न नहुने भन्दै उनले यस्ता क्रियाकलापमा सहभागि भएको थाहा भएमा विधान बमोजिम कारबाही हुने विज्ञप्तीमा भनिएको छ ।

congress