हेटौंडा – दोश्रो बागमती प्रदेश खेलकुदअन्तर्गत पुरुष फुटबलमा घरेलु टोली मकवानपुर, नुवाकोट र ललितपुर विजयी सुरुआत गरेको छ ।
हेटौंडास्थित क्याम्पा रंगशालामा सोमबार भएको पहिलो खेलमा नुवाकोटले सिन्धुपाल्चोकलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । त्यस्तै दोस्रो खेलमा ललितपुरले सिन्धुलीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदा तेस्रो खेलमा मकवानपुरले रसुवालाई ७–१ को फराकिलो गोलअन्तरले पराजित गर्यो ।
त्यस्तै हेटौंडाकै गौरीटार रंगाशालामा भएको महिला फुटबलको पहिलो दिन चितवन र काठमाडौंले विजयी सुरुवात गरेको छ । चितवनले धादिङलाई २–१ तथा काठमाडौंले भक्तपुरलाई ५–० गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको हो ।