हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडामा बर्षा भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको आज मंगलबार दिउँसो हेटौंडामा बर्षा भएको छ ।
गर्मी बढेसंगै हेटौंडामा केही दिन देखि पानी परेको थिएन । पानी परेसंगै गर्मीएको हेटौंडामा सितल महसुस गरिएको छ । यो समाचार तयार पार्दासम्म हेटौंडामा बर्षा भएपनि हावाहुरी चट्याङ, मेगर्जन भने परेको छैन ।
त्यस्तै समयमै पानी परेकोले किसानहरु समेत खुशी भएका छन् । बारीमा मकै र खेलमा उम्रिएको मकैका टुसाले आकाशे पानी पाएपछि किसान खुशी भएका हुन् । यस बर्षले खेतबारीमा बालीनाली लगाउन र लगाएका बालीनाली सहयोग पुग्ने किसानहरूको भनाइ छ ।