प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरको कुलेखानी ड्याम भरिन लाग्यो, सुरक्षित रहन आग्रह

२०८१ आश्विन ११, शुक्रबार १८:०५ बजे

हेटौंडा – मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी ड्याम भरिन लागेकाले तल्लो तटिय क्षेत्रका वासिन्दाहरुलाई सर्तक अपनाउन अनुरोध गरेको छ ।

कुलेखानी प्रथम जलविद्यु केन्द्रले मकवानपुर प्रशासन कार्यालयलाई लेखेको पत्रअनुसार कुलेखानी ड्याममा पानीको सतह बढेर भरिन सक्ने भएकोले चखेल र सिम मख्य ड्यामको ढोकाहरु खोल्न पर्न सक्ने भएकोले हुँनाले बागमती नदीको बहाव बढ्ने भएकोले नदी तटिय क्षेत्रमा कुनै पनि समयमा ढुवानमा पर्ने सम्भावना भएकोले स्थानीयहरुलाई समयमै सुरक्षित रहन तथा उच्च सतर्क रहन आग्रह गरेको छ ।

कुलेखानी ड्याम केही घन्टामा भरिने स्थिति देखिएको र बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएकोले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी किनाराका बस्तीहरूमा एक्कासी बाढी आउन सक्ने अवस्था देखिएको हुँदा यस क्षेत्रका वासिन्दाहरुलाई सर्तक अपनाउन अनुरोध गरिएको हो ।

कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउनु हुन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरू समेत हाइ एलर्टमा बस्नुहुन मकवानपुर प्रशासन कार्यालयले अनुरोध गरेको हो ।मकवानपुर जिल्ला विपद व्यवस्थापन समिति र सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिहरूले समेत तदनरुप सुरक्षित स्थानको पूर्वतयारी गर्नुहुन समेत अनुरोध छ।