हेटौंडा – पूर्व कर्मचारी सेवा परिषद् नेपालको वागमती प्रदेशको संयोजकमा तीर्थराज पराजुली चयन भएका छन् । पराजुलीको संयोजकत्वमा ११ सदस्सीय प्रदेश कमिटी चयन गरिएको हो । सोमबार हेटौंडामा भएको भेलामा वागमती प्रदेश कमिटी चयन गरिएको छ ।
कमिटीका उपाध्यक्ष श्यामप्रसाद सुबेदी, सचिव गोबिन्दप्रसाद प्याकुरेल, कोषाध्यक्ष अधिवक्ता ललिता श्रेष्ठ, सहसचिव बालमुकुन्द ढकाल चयन भएका छन् । त्यस्तै सदस्यमा ईश्वरप्रसाद ढकाल, गिरिजाकुमारी खड्का, रामआधार पाण्डे, मधु मिश्र, बिष्णुप्रसाद पौडेल, केशबप्रसाद ढोडरी चयन भएका छन् ।

यसअघि पूर्बकर्मचारी सेवा परिषद् नेपालका अध्यक्ष बालकृष्ण प्रसाईंको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रहितमा पूर्बराष्ट्रसेवकहरुको ज्ञान, सीप र अनुभवको उपयोगसम्बन्धी अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियामा परिषद्का केन्द्रीय अध्यक्ष प्रसाईं, उपाध्यक्ष रामबाबु नेपालले पूर्ब राष्ष्ट्रसेवकसँग भएको दक्षतालाई राज्यको बिभिन्न क्षेत्रमा प्रयोगमा ल्याउन सकिने बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बागमती प्रदेशका मुख्य सचिव मुकुन्दप्रसाद निरौलाले केही कर्मचारीमा बसी खाने र बिगारी खाने प्रबृत्ति रहेकोले यसमा सुधार जरुरी रहेको बताए । मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले पूर्बाष्ट्रसेवकसँग भएका दक्षता र अनुभवलाई राज्यको आवश्यकता अनुसार पूरापुर सदुपयोग गर्न सकेको खण्डमा मुलुकले थप उपलब्धी हासिल गर्न सक्ने बताए ।