हेटौंडा – खानेपानी महसुल गैरकानुनी तरिकाबाट असुली गरेर आर्थिक हिनामिनाको आरोप आफ्नो बाबुलाई लागेपछि हेटौंडाका एक युवक छलफल स्थलमै पुगेका छन् । हेटौंडा उपमहानगरलिका वडा नं.१३ वनसस्पतीको बाढी पीडित नयाँ बस्ती खानेपानी तथा सरसफाई उपभोक्ता समितिले उपभोक्तासंग ९ गुणा भन्दा बढी खानेपानीको महसुल उठाएर आर्थिक हिनामिना गरेको प्रमाण फेला परेपछि स्थानीयहरुले अनुसन्धान गरे दोषीलाई कारवाही गर्नुपर्ने माग गरेका थिए ।
सोही बिषयमा मंगलबार दिउँसो भएको छलफलमा खानेपानी तथा सरसफाई उपभोक्ता समितिले उपभोक्ताका अध्यक्ष तेज बहादुर स्याङ्तानको छोरा प्रकाश स्याङ्तन धारिलो हतियार खुकुरी लिएर छलफल स्थलमा पुगेका थिए । सोही क्रममा तेजका छोरा प्रकाश खुकुरी निकालेपछि छलफलले झगडाको रुप लिएको थियो । उनलाई स्थानीयहरुले नियन्त्रणमा लिएर प्रहरी समक्ष जिम्मा लगाएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक प्रकाश शाहले प्रकाश स्याङ्तानलाई धारिलो हतियार खुकुरी सहित नियन्त्रणमा लिईएको बताए । अहिले ती युवकमाथि अनुसन्धान भइरहेको उनले बताए ।
९ गुणा भन्दा बढी असुली गरेर आर्थिक अनियमितता...
मासिक न्यनतम् १० हजार लिटर खानेपानी निःशुल्क उपलब्ध गराएर देशभर चर्चा कमाएको हेटौंडा उपमहानगरपालिका भित्रै खानेपानीको महसुल गैरकानुनी तरिकाबाट ९ गुणा भन्दा बढी असुली गरेर आर्थिक अनियमितता भइरहेको छ भन्दा विश्वास नलाग्न सक्छ ? बाढी पीडित नयाँ बस्ती खानेपानी तथा सरसफाई उपभोक्ता समितिले दिपक नेपालीसंग ९ गुणा बढी खानेपानी महसुल असुली गरेर गैरकानुनी तवरले ठगी गरेको पाइएको हो ।
दिपकले गत फागुन महिनाको खानेपानी महसुल १ हजार ६८५ रुपैयाँ बुझाए । तर, खानेपानी वितरक समितिको रेर्कडमा १८५ रुपैयाँ मात्रै असुली गरेको उल्लेख छ । हेर्नुहोस् रसिदः–

उनकै दिपकबाट गत श्रावणमा १ हजार ५०० रुपैया असुली गरेको समितिको नगदी रसिद नम्बर १०९९१ मा देखिन्छ । त्यसैको ओसीमा केरकार गरेर ५०० रुपैयाँ मात्रै लिएको लिएको देखाईएको छ । हेर्नुहोस् रसिदः–

त्यस्तै गत चैतमा उपभोक्ता समितिले चिनिमाया लोप्चनसंग ६५० रुपैयाँ रकम लिएर १३१७५ नम्बरको रसिद थमायो । त्यही नम्बरको रसिदको ओसीमा चिनिमायाबाट १५० रुपैयाँ मात्रै लिएको जनाईएको छ । समितिले गएको जेष्ठ महिनामै चिनिमायासंग ५७५ रुपैयाँ गठी गरेको छ । उनीसंग १ हजार रुपैयाँ खानेपानी महसुल लिएर समितिले ४२५ रुपैयाँ मात्रै असुली गरेको आफ्नो रेर्कडमा राखेको छ । हेर्नुहोस् खानेपानी महसुल संकलन रसिदः–


खानेपानीमै गठिएका दिपक र चिनिमाया प्रतिनिधि पत्र मात्रै हुन् । यस खानेपानी उपभोक्ता समितिमा आवद्ध अधिकाशं सेवाग्राही ठगिएका छन् । प्रहर खबर डटकमलाई प्राप्त प्रमाण हेर्दा करिब १ बर्षदेखि समितिले उपभोक्तामाथि ब्रहलुट गरेर आर्थिक अनियमिता गर्दै आएको देखिन्छ ।
अबैधानिक तरिकाले उटै उपभोक्तासंग करिब ९ गुणा भन्दा बढी रकम असुली गरेको समितिमा ४ सय सय भन्दा बढी उपभोक्ता छन् । यस समितिमा आवद्ध पदाधिकारी र कर्मचारीले कति रकम भ्रष्टाचार गरे ? अनुसन्धानको विषय बनेको छ । समितिले बर्षिक आयव्यय समेत सार्वजनिक नगरेको स्थानीयहरु बताउँछन् । समितिको आर्थिक गतिविधि छानविना गरेर दोषीलाई नेपालको कानुन बमोजिम कारवाही गर्नु पर्ने स्थानीयहरुले माग राखेका छन् ।
पुरा समाचार पढ्न तलको लिङ्क क्लिक गर्नुहोस्
हेटौंडामा खानेपानीमा ठगी, तीर्नु पर्ने भन्दा ९ गुणा बढी रकम असुली