हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नंबर १ को मकरीस्थित भोर्लेटाँडी जंगलमा एक व्यक्तिको शव फेला परेको छ ।
भोर्लेटाँडी जंगलमा स्थानीय ६५ वर्षीय मानबहादुर घलानको शव फेला परेको हो । शनिबारबाट बेपत्ता भएका घलानको खोजी गर्ने क्रममा भोर्लेटाँडी जंगलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।
उनको जंगलमा भीरबाट लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । मृतकको शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।