प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नवौं राष्ट्रिय खेलकुद: एपीएफ पुरुष फुटबलको सेमीफाईनलमा, बागमती बाहिरियो

२०७९ आश्विन ३१, सोमबार ०९:४४ बजे

पोखरा – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलमा एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ भने बागमती प्रदेश बाहिरिएको छ ।

सोमबार दिउँसो भएको पुरुष फुटबल प्रतियोगिताको समूह (बी) को खेलमा एपीएफले बागमती प्रदेशलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेको हो ।

पोखराको लामाचौरस्थित गोस्तेघाट खेल मैदानमा भएको खेलमा बागमतीले सुरुआती अग्रता जोगाउन नसक्दा हार व्यहोरेको हो ।

पहिलो हाफको इन्जुरी समयमा अभिषेक रिजालले गोल गर्दै बागमतीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ६५ औं मिनेटमा प्रदीप लामाले गोल गर्दै एपीएफलाई १–१ गोलको बराबरीमा फर्काए ।

खेलको ७६ औं मिनेटमा नवीन लामाले गोल गर्दै एपीएफलाई २–१ को अग्रता दिलाए । लामाले दोश्रो हाफको ईञ्जुरी समयमा थप एक गोल गर्दै एपीएफको जित दिलाए ।