हेटौंडा – फर्पिङको जंगलमा एक जोडी मृत अवस्थामा फेला परेको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका–५ स्थित शेष नारायण जंगलमा करिब २२–२३ वर्षका युवक र युवती मृत अवस्थामा भेटिएको हो ।
मृत भेटिएका युवक मकवानपुरको इन्द्रसरोवर घर भएका मनिष ठकुरी र युवती दाङको राप्ती गाउँपालिका घर भएकी विमला कुमाल रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
घटनास्थलमा २ वटा विषादीको बट्टा फेला परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले बताए । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
रातोपाटी डट कमको सहयोगमा