हेटौंडा – मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरमा २६ जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृत कार्यालय मकवानपुरका अनुसार जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं.१ मा १६ र क्षेत्र नं.२ मा १० जनाको उम्मेदवारी परेको हो ।
मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं.१ मा नेकपा एमालेको तर्फबाट राप्रपा नेपालका अध्यक्ष कमल थापा, गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना), राप्रपाका केन्द्रिय सदस्य दिपक बहादुर सिंह, लौरो अभियानका दिपेन्द्र सिंह ठकुरी, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराम थापा लगायतले उम्मेदवारी दर्ता गर्राएका छन् ।
त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं. २ मा एमालेबाट बागमती प्रदेश कमिटीका उप–सचिव महेश कुमार बर्तौला, गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा पुर्वमन्त्री विरोध खतिवडा, राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुली, राप्रपाका राजन मैनाली लगायतले उम्मेदवारी दर्ता गराएका छन् ।
उनीहरुले हेटौंडा उपमहानगरपालिका–२ स्थित मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । मुख्य निर्वाचन अधिकृत कार्यालय मकवानपुरले उम्मेदवारको नामावली सार्वजनिक गर्दैछ ।