हेटौंडा – हेटौंडामा लागुऔषध सहित एक जना युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्सा वीरगंज महानगरपालिका–२ छप्कैया बस्ने २३ वर्षीय जवाद हुसेन मियाँ तेली रहेका छन् ।
अवैध लागूऔषध करिब १ ग्राम खैरोहिरोइन सहित तेलीलाई बुधबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
हेटौंडा उपमहानगरपालिका–१० बसपार्कस्थित रोशन होटलमा चोरी भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले सो स्थानमा पुगेको थियो ।
प्रहरीले सिसिटिभि फुटेजको आधारमा चोरीमा शंकास्पद उनलाई जाँच गर्ने क्रममा १ ग्राम खैरोहिरोइन फेला परेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।