हेटौंडा – मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित जुरिखेतमा मिनी बस दुर्घटना परी मृत्यु भएका सातै जनाको पहिचान खुलेको छ । काठमाडौबाट विरगञ्जको लागि छुटेको बा.३ ख ७८५८ नं.को मिनी बस बिहीबार दिउँसो जुरिखेतको घुम्तीमा दुर्घटना भएको थियो । दुर्घटना हुँदा छ जनाको घटनास्थलमा र एक जनाको भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको थियो ।
दुर्घटनामा परी मृत्यु हुनेमा नुवाकोट जिल्ला घर भई हाल नेपाली सेनामा कार्यरत ३४ वर्षीय रघुराज न्यौपाने , बारा जिल्ला झिटकैयाका ३३ वर्षीय अन्दुलाहा मियाँ ठकुराई, बारा जिल्ला जितपुर–सिमरा उपमहानगरपालिका–२४ का २५ वर्षीय शेख अरमान र मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२, कुर्लेका ४३ वर्षीय मदन विक रहेका छन् । यस्तै वीरगञ्ज महानगरपालिका–३१ का ४५ वर्षीय हृदयनारायण पञ्जियार, भारतको मोतिहारी जिल्लाका २५ वर्षीय शरद नारायण शर्मा र भारतको मोतिहरी जिल्लाकै २४ वर्षीय शरदकुमार ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएका २७ जनामध्ये छ जना उपचारपछि घर फर्किएका छन् । गम्भीर घाइते चार जनाको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । बाँकी घाइतेको हेटाँैडाका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाईतेहरू:–
१) देश भारत सितामणी बस्ने बर्ष अ.-३८ को पप्पु चौधरी (ढाड,हातमा चोट) अवस्थ मध्यम
२) देश भारत दिल्ली बस्ने बर्ष-२७ को सारु खान (बायाँ कोखामा चोट ) अवस्था मध्यम ,
३) देश भारत मोतिहारी बस्ने बर्ष-१५ को सोयल अलि (टाउकोमा चोट) अवस्था मध्यम
४) जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा.-१२ बस्ने बर्ष अ.२७ को तैया अन्सारी ( टाउको ,दाहिने कुममा चोट ) अवस्था मध्यम
५) जिल्ला पर्सा बिरगंज उ.म.न.पा.-२४ बस्ने बर्ष ३० को सायल मिया अन्सरी ( टाउकोमा चोट ) अवस्था गम्भिर
६) ऐ.ऐ.-२७ बस्ने बर्ष-२७ को सईफुला खातुन (टाउको र अनुहारमा चोट) अवस्था मध्यम ,
७) जि.रौतहट लक्ष्मीनगर गा.पा.-२ बस्ने बर्ष-३० को महमद समिम (बायाँ कुममा भित्री चोट) अवस्था मध्यम
८) जिल्ला बारा कलैया उ.म.न.पा.-१२ बन्दिपुर बस्ने बर्ष अ.२६ को छोटेलाल पासवान( टाउकोमा चोट ) अवस्था मध्यम ।
९) जिल्ला बारा जगनाथपुर बस्ने बर्ष-३५ की आरिसा खातुन (अवस्था गम्भिर )
१०) जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा.-३ बस्ने बर्ष अ.२७ की पार्वती चौधरी ( टाउको र पिठ्युमा चोट ) अवस्था मध्यम
११) ऐ.ऐ.बस्ने निजको छोरी बर्ष-२ की सुदिक्षा चौधरी (टाउकोमा चोट) अवस्था मध्यम ।
१२) जिल्ला पर्सा बिरगंज उ.म.न.पा.-२४ रामगढ बस्ने बर्ष २३ को निरुला अन्सारी (बायाँ खुट्टामा चोट ) अवस्था सामन्य
१३) जिल्ला बारा करैयामाई गा.पा.-५ बस्ने बर्ष अ.२३ को धर्मेन्द्र प्र.सापकोटा ( टाउको र शरिरको बिभिन्न भागमा चोट) अवस्था मध्यम
१४) देश भारत मोतिहारी बस्ने बर्ष अ.-३२ को राजकुमार सहनी (ढाडमा चोट) अवस्था सामन्य
१५) ऐ.दिल्ली बस्ने बर्ष-३८ को गोपाल कुमार (छातिमा चोट) अवस्था मध्यम
१६) जिल्ला रौतहट लक्ष्मिनिया न.पा.-२ बस्ने बर्ष-३० को महमद समिम (शरिरको बिभिन्न भागमा चोट) अवस्था मध्यम
१७) जिल्ला पर्सा बिरगंज म.न.पा.-२४ बस्ने बर्ष अ.-२३ को निरज ठाकुर (बायाँ घुडामा चोट) अवस्था मध्यम
१८) ऐ.ऐ.बस्ने बर्ष ह.-२४ को आलम देवन, (सामन्य चोट)
१९) ऐ.ऐ.बर्ष अ.-२५ को मौसम अन्सारी (दुबै खुट्टमा चोट ) अवस्था मध्यम
२०) ऐ.ऐ. बस्ने बर्ष अ.-१७ को आदित्य चौधरी (टाउकोमा चोट) अवस्था मध्यम
२१) सह चालक जिल्ला काभ्रे धुलीखेल न.पा.-११ बस्ने बर्ष अ.-३८ को हरि भुजेल (बायाँ खुट्ट र ढाडमा चोट) अवस्था मध्यम
२२)जिल्ला बारा मुसहर्बा-३ बस्ने बर्ष अ.-३० को मुस्तुजा खाना (बायाँ हात र बायाँ खुट्टमा चोट) अवस्था मध्यम
२३) देश भारत मोतिहारी बस्ने बर्ष-२१ को धिरज ठाकुर अवस्था सामन्य ।
२४) जिल्ला मकवानपुर बकैया गा.पा.-४ छतिवन बस्ने बर्ष-१९ कि संगिता तामाङ(शरिरको बिभिन्न भागमा चोट) अवस्था मध्यम
२५) ऐ.ऐ.बस्ने निजको छोरी अ.बर्ष-२ की बिपना तामाङ ( अवस्था सामन्य)
२६) जि.रौतहट चन्द्रपुर न.पा.४ बस्ने वर्ष १८ को राशि सारिङ-टाउकोमा सामन्य चोट डिस्चार्ज भई गएको ।
२७) देश भारत बस्ने वर्ष ३२ को जय कुमार शर्मा-बाया हात भाचिएको,मध्यम सहकारी अस्पताल हेटौडामा ।