हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको हालसम्म ४४ हजार ९७५ मतगणना सम्पन्न भएको छ ।
उक्त मतपरिणाम अनुसार मेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मिना कुमारी लामाले अग्रता कायमै रोखेकी छन् । उनले १३ हजार ९११ मत प्राप्त गरी अग्रता कायमै राखेकी हुन् ।
नेकपा एमालेका अनन्त प्रसाद पौडेलले १२ हजार ८९६ मत प्राप्त गर्दै दोस्रो स्थानमा उक्लिएका छन् । यसअघि ४३ हजार ३ ७० मतपरिणाम सार्वजनिक हुँदा उनी तेस्रो स्थानमा थिए ।
त्यस्तै राप्रपका दिपक बहादुर सिंह तेस्रो स्थानमा झरेका छन् । उनले १२ हजार ८६७ मत ल्याएका छन् ।
त्यसैगरी उपमेयर तर्फ गठबन्धनका कांग्रेस उम्मेदवार राजेश बानियाँले २० हजार १२५ मत प्राप्त गर्दा निकट्तम प्रतिद्वन्दी नेकपा एमालेकी सुुमित्रा काफ्लले १४ हजार ४१८ मत प्राप्त गरेकी छन् ।
हेटौंडा उपमहानगरपालिका ४४९७५ मत गणना गर्दा
मेयर
नेकपा एमाले -१२८९६
गठबन्धन -१३९११
राप्रपा -१२८६७
उपमेयर
नेकपा एमाले -१४४१८
गठबन्धन -२०१२५
हलो -३१९६