हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नं.८ सिमपानीबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका वडा नं.३ बस्ने २२ बर्षीय मंगलमान प्रजा रहेका छन् ।
सोमबार विहान पौने १० बजे गाडी चड्न लागेको प्रजालाई चेक गर्दा उनको साथबाट ५ किलो २८० ग्राम लागुऔषध गाँजा बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।