प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

७३१ थान राहदानी सहित तीन जना पक्राउ

२०७९ माघ ५, बिहीबार ०८:५७ बजे

हेटौंडा – काठमाडौं महानगरपालिका–२६ गोगंबु वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लीकोटबाट ७३१ थान राहदानी सहित तीन जना पक्राउ परेका छन् ।

कञ्चनपुर बेतकोट नगरपालिका–३ घर भई टोखा नगरपालिका–९ म्याग्दी चोक बस्ने ४८ वर्षीय लोक जंग खड्का समेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले टोलीले होटेल सोनाबाट शंकास्पद रुपमा रहेका ७१७ थान र होटल पल्लीकोटबाट १४ थान गरी जम्मा ७३१ थान राहदानी सहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको जनाएको छ ।