हेटौंडा – बागमती प्रदेश सरकारले बढाएको सार्वजनिक सवारीसाधनको नयाँ भाडादर आजदेखि लागु भएको छ ।
प्रदेशको श्रम,रोजगार तथा यातायात मन्त्रालयको चैत २४ गतेको बैठकले वैशाख १ देखि लागु हुनेगरी सार्वजनिक सवारीको नयाँ भाडादर सार्वजनिक गरेको थियो ।
नयाँ भाडादर संगै काठमाडौं उपत्यकामा पाँच किलोमिटरसम्मको दूरीका लागि २ रुपैयाँ बढेको छ भने २० किलोमिटरभन्दा धेरैका लागि ३ रुपैयाँ बढेको छ।
नयाँ भाडाअनुसार पाँच किलोमिटरमा २० रुपैयाँ हुनेछ भने २० किलोमिटरभन्दा धेरैको दूरीमा ३८ रुपैयाँ भाडा पुगेको छ। यो संगै काठमाडौं उपत्यकामा यात्रुले सवारी चढ्नेवित्तिकै २० रुपैयाँ तिर्नुपर्ने छ।
