प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

चलचित्र ‘प्रकाश’को युनिट प्रचारप्रसारको लागि हेटौंडामा(भिडियोसहित)

२०७९ श्रावण २९, आईतबार १६:०७ बजे

हेटौंडा – यही भदौ १० गतेबाट प्रर्दशनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘प्रकाश’को टोली चलचित्र प्रचारप्रसारको लागि हेटौंडामा आएको छ ।देशका विभिन्न शहरहरुमा चलचित्र ‘प्रकाश’को प्रचारप्रसारमा व्यस्त रहेको टोली आइतबार हेटौंडा आइपुगको हो ।

आइतबार हेटौंडामा सञ्चारकर्मीसँग भेटघाट गर्दै चलचित्रका लेखक विकास सुवेदीले चलचित्र प्रकाशको कथा बस्तु र चलचित्रको बारेमा जानकारी दिए । करिब २ करोड ५० लाख रुपैयाँ खर्चेर निर्माण गरिएको चलचित्र दर्शकले मनपराउनेमा निर्माण टिम आशावादी रहेको सुवेदीले बताए ।

चलचित्र प्रसाद, पर्व, क्लासिकमा सहायक निर्देशन गरिसकेका चलचित्र प्रकाशका लेखक विकास सुवेदीले आफुले जुम्लाको महिलाको कथा बुझ्न लामो समय जुम्लामा बसेर कथा लेखन कार्य गरेको बताए । जुम्लाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रमा एकल महिला, उनको छोरो र गाउँका कथाव्यथालाई चलचित्रमा उतारेको उनले बताए ।

चलचित्रमा आमाको भूमिका निर्वाह गरेकी नायिका दिया मास्केले समाजमा पहिचान खोजी गर्ने क्रममा एकल महिलाले गर्नुपर्ने संघर्षको विषयमा उठान गरिएको बताइन् । देशमा विभिन्न राजनीतिक परिवर्तन भएपनि रोजगारीका लागि जुम्ला बासीले गर्नुपर्ने दुःख र कष्टलाई चलचित्रमा देखाउन खोजिएको बताएकी छिन् । उनले आफु नायक प्रदीप खड्काको आमाको भूमिका गर्दै जुम्लाका महिलाहरुले भोग्नुपरेको कथावस्तुलाई चलचित्रमा उठान गरिएको उनले बताइन् ।

पत्रकार भेटघाटमा चलचित्रमा डेव्यु गरेकी नायिका रेणु योगीले आफूले जुम्लाकी एक गाउँले विद्यार्थी पात्रको भूमिका निर्वाह गरेको बताइन् । उनले प्रदीप खड्काको प्रेमिकाको रुपमा आफुलाई चलचित्रमा प्रस्तुत भएको बताइन् ।
सफल निर्देशक दिनेश राउतको निर्देशनमा बनेको चलचित्रमा दिया मास्के, प्रदीप खड्का, प्रकाश घिमिरे, राजन खतिवडा, रेणु योगी लगायत कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन ।

भिडियो