प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

हेटौंडामा मतान्तर घटाउँदै हलो, सुर्य गर्दै फलो

२०७९ जेठ १, आईतबार ११:१८ बजे

हेटौंडा – बागमती प्रदेशको एकमात्र उपमहानगरपालिका हेटौंडामा वडा नम्बर १,२,१८ र १९ मतगणना जारी छ । हालसम्म मतगणना भएको जानकारी प्राप्त भएको छ । प्राप्त जानकारी अनुसार मेयरमा गठबन्धन, राप्रपा र एमालेका उम्मेदवारविच कडा प्रतिस्पर्धा देखिएको छ ।

मेयरका उम्मेदवारमा कहिले गठबन्धनबाट नेकपा एसकी मिना कुमारी लामाले अग्रता बनाएकी छन् भने राप्रपाका दिपक बहादुर सिंहले पछ्याइरहेका छन् । मिना र दिपकको मतान्तर २४ मात्र रहेको छ । एमालेका अनन्त पौडेलले तेस्रो स्थानमा छन् । 

हेटौंडा उपमहानगरपालिकाको मेयर तर्फः
गठबन्धनका मीना कुमारी लामाः २४६८ मत
एमालेका अनन्त पौडेलः २३६० मत
राप्रपाका दिपक बहादुर सिंहः २४४४ मत

हेटौंडा उपमहानगरपालिका उपमेयर तर्फ
गठबन्धनका राजेश बानियाँः ३५९८ मत
एमालेका सुमित्रा काफ्लेः २७९८ मत