प्रहर खबर
 २०८३ श्रावण ७, बिहीवार    

बर्षाका कारण दुईदिन विद्यालय बन्द

२०७९ असार १६, बिहीबार ०५:३५ बजे

हेटौंडा – मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाले अविरल बर्षाको कारण बालबालिकालाई विद्यालय जान समस्या भएको कारण दुई दिन पालिकाभित्रको विद्यालयहरु बन्द रहने जनाएको छ ।

गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले बुधबार एक सुचना जारी गर्दै बर्षे विदा कट्टी हुने गरी असार १६ र १७ गते (आज र भोली) दुई दिन बिदा दिएको जानकारी दिएका छन्। बर्षाका कारण विद्यालय जान समस्या पर्ने र बाढीपहिरो जस्तो विपद् जोखिमबाट निम्तन सक्ने घटनाबाट पुर्व सतर्कता अपनाउन दुईदिन विदा दिने निर्णय गरिएको सुचनामा उल्लेख गरिएको छ ।

सुचना