हेटौंडा – मकवानपुरको एक उपहानगर, एक नगर र आठ गाउँपालिकाको मतपरिणाम सार्वजनिक भएको छ । २०७४ को स्थानीय तह चुनावसँग तुलना गरेर हेर्दा नेकपा एमालेले आफ्नो विरासत जोगाउन सकेन भने नेपाली कांग्रेसले थप पालिका आफ्नो पक्षमा पारेको छ ।
नेकपा माओवादी केन्द्रको सुधार हुँदा एमालेसंग लिएर छुट्टिएर बनेको नेकपा एकीकृत समाजवादीले आफ्नो पहिचान दिन सफल भएको छ भने राप्रपाले हेटौंडा उपमहानगरमा चर्चा बटुल्यो तर, वडासदस्यमा समेत खाता खोल्न सकेन ।
अघिल्लो स्थानीय तह चुनावमा ६ प्रमुख जितेको एमालेले यसपटक हेटौंडा उपमहानगरपालिकाको ३० बर्षको लामो इतिहास कायम राख्न सकेन । एमालेले पहिले जितेको हेटौंडा उपमहानगरसहित मकवानपुरगढी, मनहरी र कैलाश गाउँपालिका गुमाउँदा भिमफेदी र इन्द्रसरोबरमा मात्रै रक्षा गर्न सक्यो ।
कांग्रेसले पहिले जितेको पालिकाको रक्षा गर्दै मकवानपुरगढी, मनहरी र कैलाश गाउँपालिकामा जित हासिल गरेको छ । पहिले राक्सिराङ र बकैंया गाउँपालिका मात्रै जितेको थियो ।
कांग्रेससंग अकंमाल गरेर चुनावमा उत्रिएको माओवादी केन्द्र पहिले जितेको थाहा नगर र बागमती गाउँपालिकामै सितिम भयो । माओवादीले दुई पालिकाको प्रमुख भन्दा अरु पाएको थिएन ।
उता कांग्रेससंग अकंमाल गर्ने नेकपा एकीकृत समाजवादीको भागमा हेटौंडा उपमहानगरपालिका परेको थियो । यहाँ एमालेको ३० लामो विरासत एकीकृत समाजवादीले भत्काउन सफल भएको छ । यस बाहेक अन्त समाजवादीको भागमा परेको थिएन ।
त्यस्तै उपप्रमुखमा अघिल्लो चुनावमा ८ पालिकामा जितेको एमाले एकमा झरेको छ । एमालेले उपप्रमुख इन्द्रसरोबरमा मात्रै जित्यो । यसअघि थाहा र राक्सिराङ बाहेक सबै पालिकाको उपप्रमुख जितेको थियो ।
प्रमुखमा सुधार गर्न नसकेको माओवादी केन्द्रले कांग्रेसले प्रमुखमा विजयी हासिल गरेको सबै पालिकाको उपप्रमुख जितेको छ । अघिल्लो चुनावमा माओवादीले एक पनि उपप्रमुख जितेको थिएन ।
उता पहिले राक्सिराङमा मात्रै उपप्रमुख जितेको कांग्रेसले यसपटक चार पालिकामा जित्न सफल भएको छ । कांग्रेसले हेटौंडा, थाहा, भिमफेदी र बागमतीमा उपप्रमुख जित्न सफल भएको हो ।
विं.सं.२०७९ को अन्तिम मतपरिणाम अनुसार एमाले वडामा पनि खुम्चिएको छ । अघिल्लो स्थानीय तह चुनावमा ५१ वडा जितेको एमाले ३३ वटा वडा मात्रै जितेछ । ३१ वटा वडा जितेको कांग्रेसले ४४ पु¥याउँदा माओवादी केन्द्रले २० बाट २४ पु¥याएको छ । एकीकृत समाजवादी एक वडा कनिकुत्तिले जित्न सफल भएको छ ।
मकवानपुरमा निर्वाचित प्रमुख, उपप्रमुख र वडाअध्यक्ष नामावली, कहाँ कसले जिते ?
भिमफेदी गाउँपालिका
अध्यक्षः– हिदम लामा(एमाले)
उपाध्यक्षः– संजिब श्रेष्ठ(नेका)
वडा नम्बर १ मा सोम बहादुर स्याङ्तान(नेका)
वडा नम्बर २ मा कासिराम बन्यु(एमाले)
वडा नम्बर ३ मा पृति लाल लामा (माओवादी)
वडा नम्बर ४ मा सागर पाण्डे(एमाले)
वडा नम्बर ५ मा जाहार सिं लामा(एमाले)
वडा नम्बर ६ मा सोम बहादुर घलान(नेका)
वडा नम्बर ७ मा मित्र बन्धु सिजाली(नेका)
वडा नम्बर ८ मा विष्णु बहादुर लामा(एमाले)
वडा नम्बर ९ मा विष्णु प्रसाद पुडासैनी(एमाले)
कैलाश गाउँपालिका
अध्यक्षः– लोक बहादुर मुक्तान(नेका)
उपाध्यक्षः– बालकुमार मल्ल(माओवादी)
वडा नम्बर १ मा तेज बहादुर ब्लोन(नेका)
वडा नम्बर २ मा राजेन्द्र तामाङ घिसिङ(नेका)
वडा नम्बर ३ मा देबलाल बल(माओवादी)
वडा नम्बर ४ मा तीलक बहादुर मुक्तान(माओवादी)
वडा नम्बर ५ मा छेकु लामा(एमाले)
वडा नम्बर ६ मा राम बहादुर गोम्बा(एमाले)
वडा नम्बर ७ मा उदास कुमार भोलन(नेका)
वडा नम्बर ८ मा अशिष प्रजा(नेका)
वडा नम्बर ९ मा भुवन सिं घलान(नेका)
वडा नम्बर १० मा सुर्य बहादुर ब्लोन(एमाले)
इन्द्रसरोबर गाउँपालिका
अध्यक्षः– देवकृष्ण पुडासैनी(एमाले)
उपाध्यक्षः– उमाकुमारी लामा(एमाले)
वडा नम्बर १ मा सुवास थापा(नेका)
वडा नम्बर २ मा सुमन श्रेष्ठ(नेका)
वडा नम्बर ३ मा प्रताप भाम्जन(एमाले)
वडा नम्बर ४ मा चन्द्र कुमार बाल(एमाले)
वडा नम्बर ५ मा दुतराज तितुङ(नेका)
थाहा नगरापलिका
मेयर(प्रमुख)ः– विष्णु बहादुर विष्ट(माओवादी)
उपमेयर(उपप्रमुख)ः– भरत गोपाली(नेका)
वडा नम्बर १ मा हेरमान गोपाली(माओवादी)
वडा नम्बर २ मा बमबहादुर सिंतान(माओवादी)
वडा नम्बर ३ मा हिरेन्द्र कुमार रायमाझी(माओवादी)
वडा नम्बर ४ मा नारायण लामा(माओवादी)
वडा नम्बर ५ मा विष्णु बहादुर गुरुङ(एमाले)
वडा नम्बर ६ मा राजेन्द्र भक्त श्रेष्ठ(नेका)
वडा नम्बर ७ मा शिवराज थिङ(नेका)
वडा नम्बर ८ मा हेमकुमार थिङ(एमाले)
वडा नम्बर ९ मा राजकुमार बलामी(नेका)
वडा नम्बर १० मा हिरा बहादुर गमाल(एमाले)
वडा नम्बर ११ मा दिनेश बल(माओवादी)
वडा नम्बर १२ मा टिकाराम स्याङतान(नेका)
बकैया गाउँपालिका
अध्यक्षः–धर्मराज लामिछाने (नेका)
उपाध्यक्षः– भत्त बहादुर खत्री(माओवादी)
वडा नम्बर १ मा आशिष तितुङ(माओवादी)
वडा नम्बर २ मा विश्वराज स्याङतान(माओवादी)
वडा नम्बर ३ मा भुमल सिं घलान(एमाले)
वडा नम्बर ४ मा राजन दंगाल(एमाले)
वडा नम्बर ५ मा लक्ष्मी जिम्बा(नेका)
वडा नम्बर ६ मा फुल बहादुर भोम्जन(एमाले)
वडा नम्बर ८ मा विष्णु नेघि(माओवादी)
वडा नम्बर ९ मा टंक ध्वज लोप्चन(नेका)
वडा नम्बर १० मा कमला वाइबा(नेका)
वडा नम्बर ११ मा गोपाल बहादुर नेसुर(नेका)
वडा नम्बर १२ मा ज्ञानेन्द्र बजागाई(नेका)
मनहरी गाउँपालिका
अध्यक्षः– रञ्जन कालाखेती(नेका)
उपाध्यक्षः– सिता पुलामी मगर(माओवादी)
वडा नम्बर १ मा शिव प्रसाद खनाल(नेका)
वडा नम्बर २ मा राजकुमार पाख्रीन(माओवादी)
वडा नम्बर ३ मा सानुकाजी लुइटेल(नेका)
वडा नम्बर ४ मा प्रकाश थापा(माओवादी)
वडा नम्बर ५ मा दिपेन्द्र अधिकारी(माओवादी)
वडा नम्बर ६ मा युवराज थपलिया(नेका)
वडा नम्बर ७ मा ठाकुराम तितुङ(नेका)
वडा नम्बर ८ मा नारायण उप्रेती(नेका)
वडा नम्बर ९ मा राजकुमार श्रेष्ठ(नेका)
मकवानपुरगढी गाउँपालिका
अध्यक्षः– दोर्जे लामा स्याङतान(नेका)
उपाध्यक्षः– मानकुमारी पाख्रीन(नेपाली)(माओवादी)
वडा नम्बर १ मा आइत सिंह लो(नेका)
वडा नम्बर २ मा बखान सिं पाख्रीन(नेका)
वडा नम्बर ३ मा भागवत घिमिरे(एमाले)
वडा नम्बर ४ मा अर्जुन प्रसाद तिमल्सिना(एमाले)
वडा नम्बर ५ मा दिपेश दाहाल(नेका)
वडा नम्बर ६ मा कृष्ण बजागाई(नेका)
वडा नम्बर ७ मा सुर्य बहादुर रुम्बा(नेका)
वडा नम्बर ८ मा कुमार घिसिंङ(नेका)
राक्सिराङ गाउँपालिका
अध्यक्षः– राजकुमार मल्ल(नेका)
उपाध्यक्षः मनस्तम थिङ(माओवादी)
वडा नम्बर १ मा बाबीराम मुक्तान(एमाले)
वडा नम्बर २ मा बुद्धराम मुक्तान(नेका)
वडा नम्बर ३ मा उत्तम वाइबा(एमाले)
वडा नम्बर ४ मा संजय कोइराला(एमाले)
वडा नम्बर ५ मा हरि बहादुर प्रजा(नेका)
वडा नम्बर ६ मा अकल बहादुर मोक्तान(माओवादी)
वडा नम्बर ७ मा राम बहादुर प्रजा(नेका)
वडा नम्बर ८ मा युसाई प्रजा(माओवादी)
वडा नम्बर ९ मा राजकुमार वाइबा थिङ(नेका)
बागमती गाउँपालिका
अध्यक्षः– सर्केस घलान(माओवादी)
उपाअध्यक्षः– फडिन्द्र कुमार तिमल्सिना(नेका)
वडा नम्बर १ मा यहुन्ना राई(माओवादी)
वडा नम्बर २ मा जनक पहरी(माओवादी)
वडा नम्बर ३ मा कमान सिं पाख्रीन(माओवादी)
वडा नम्बर ४ मा किरण माझी(माओवादी)
वडा नम्बर ५ मा विजयी कुमार भ्लोन(माओवादी)
वडा नम्बर ६ मा टेक बहादुर थिङ(एमाले)
वडा नम्बर ७ मा उत्तम बहादुर भ्लोन(नेका)
वडा नम्बर ८ मा इन्द्रमणि तिमल्सिना(एमाले)
वडा नम्बर ९ मा पुनराम घलान(एमाले)
हेटौंडा उपमहानगरपालिका
मेयरः– मिना कुमारी लामा(नेकपा ए.स.)
उपमेयरः– राजेश बानियाँ(नेका)
वडा नम्बर १ मा सविन न्यौपाने(नेका)
वडा नम्बर २ मा विष्णु गोपाल महर्जन(नेका)
वडा नम्बर ३ मा ढलक बहादुर थापा(नेका)
वडा नम्बर ४ मा नविन सिग्देल(एमाले)
वडा नम्बर ५ मा सुशिल घिमिरे(एमाले)
वडा नम्बर ६ मा विष्णु बहादुर दाहाल(नेका)
वडा नम्बर ७ मा दामोदर गौतम(नेका)
वडा नम्बर ८ मा रामकृष्ण थापा(नेका)
वडा नम्बर ९ मा सुकुराम के.सी.(नेकपा एस)
वडा नम्बर १० मा फुर्वा दोर्जे तामाङ(एमाले)
वडा नम्बर ११ मा जुना दाहाल(एमाले)
वडा नम्बर १२ मा ललित घलान(माओवादी)
वडा नम्बर १३ मा पेम्बा लामा(एमाले)
वडा नम्बर १४ मा दिपक खड्का(एमाले)
वडा नम्बर १५ मा सुनिल मोक्तान(एमाले)
वडा नम्बर १६ मा रामकृष्ण कोइराला(नेका)
वडा नम्बर १७ मा उद्धब सत्याल(नेका)
वडा नम्बर १८ मा अनिल कुमार बानियाँ(एमाले)
वडा नम्बर १९ मा नरनाथ सुवेदी(एमाले)