हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.११ थानाभर्याङस्थित पानीको कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार सागरपथ निवासी विजय थोकरका ५ वर्षीय छोरा नजिकैको कुलोमा डुबेर गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि हेटौडा अस्पताल, मकवानपुरमा ल्याइएको थियो। उपचारको क्रममा डाक्टरहरूले बालकलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृत बालकको लाश परिवारले जिम्मा लिएको प्रहरीले जनाएको छ ।