प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा पिकअप भ्यान दुर्घटना

२०८० पौष १४, शनिबार १३:५१ बजे

हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका वडा नं.११ मा आलडाँडामा बेशी देउँरालीमा पिकअप भ्यान दुर्घटना भएको छ । तामाखोलाबाट काठमाडौंतर्फ जान आँउदै गरेको प्र.३–०१–०२२ च २८१४ नम्बरको चार वटा पाडा लोड भएको पिकअप भ्यान आफै अनियन्त्रित दुर्घटना भएको हो ।

दुर्घटनामा परी भ्यान चालक बकैया गाउँपालिका वडा नं.४ तामाखोला बस्ने २४ बर्षीय बिशाल वाईवा र सोही स्थान बस्ने १९ बर्षीय कृष हटुवाल सामान्य घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चार वटा पाडा मध्य एउटाको खुट्टा भाच्चिएको छ भने भ्यान सडकबाट करिब ३० मिटर तल खसेको थियो ।