हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडामा ब्यवसायीहरुले निजी बैंकहरु बन्द भएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा जारी आन्दोलनको कारण मंगलबार हेटौंडाका बैंकहरु बन्द भएका हुन् ।
बैंकले ऋणमा चर्को व्याज लगाएको भन्दै हेटौंडाका व्यवसायीहरु केही दिनदेखि आन्दोलनमा उत्रिएका थिए । बैंकको चर्को व्याजदरको विरोध गर्दै आन्दोलनरत व्यवसायीहरुले आज हेटौंडाको बैंक बन्द गराएका हुन् ।
बैंकले ऋण लिएकाहरुलाई थाहा नदिई ब्याजदरमा बृद्धि गरेको व्यवसायीहरुले आरोप लगाएका छन् । सोही आरोप लगाउँदै मकवानपुर उद्योग वाणिज्य संघले आन्दोलनको कार्यक्रमहरु गरिरहेको छ । सोहि कार्यक्रम अन्र्तगत आज बैंकको कारोबार ठप्प पारिएको हो ।
व्यवसायीले लिएको ऋणमा व्याजदर नघटाएसम्म संर्घष जारी रहने आन्दोलनरत ब्यवसायीहरुको भनाई छ ।मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा यसअघि व्यवसायीले शहरको विभिन्न चोकमा विरोध प्रदर्शन, विरोध ¥याली, बैंकहरुको गेटमै पुगेर नाराबाजी समेत गरेका थिए ।