हेटौंडा – जिल्ला प्रशासन कार्यालय(जिप्रका) मकवानपुरले इजाजत प्राप्त हातहतियारहरु बुझाउन निर्देशन दिएको छ ।
प्रशासनले शुक्रबार सुचना जारी गर्दै स्थानीय निर्वाचनलाई भरभर्दो एवं विश्वसनीय बनाउन जिल्ला भित्र रहेका इजाजत प्राप्त हातहतियारहरु चैत मसान्तभित्र नजिकको प्रहरी चौकीमा बुझाउन निर्देशन दिएको हो ।
बिहिबार गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको वैठकबाट निर्णय अनुसार निर्वाचनपश्चात् फिर्ता हुने गरी सूचना जारी गरिएको हो ।
