प्रहर खबर
 २०८३ श्रावण ७, बिहीवार    

हेटौंडा १९ को ११७६ मत गणना

२०७९ जेठ १, आईतबार ०२:४६ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका– १९ नम्वर वडाको हालसम्म १ हजार १ सय ७६ मत गणना भएको छ ।

मेयर पदकी उम्मेदवार मिना कुमारी लामाले ४८०, अनन्त पौडेलले ४१५ र राप्रपाका दिपकबहादुर सिंहले १६२ मत ल्याएका छन् ।

उपमेयर पदमा गठबन्धनका राजेश बानियाँले ४७८, एमालेकी सुमित्रा काफ्लेले ४७६ र राप्रपाबी इन्दिरा डल्लाकोटीले ३० मत पाएकी छिन् ।

वडा अध्यक्षतर्फ एमालेको उम्मेदवारले ४८१, कांग्रेसको उम्मेदवारले ३४९ मत, माओवादी केन्द्रको उम्मेदवार ३३५ मत र राप्रपाको उम्मेदवारले २५ मत प्राप्त गरेका छन् ।