प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बागमती प्रदेश प्रमुख शर्माद्वारा दुई वटा विधेयक प्रमाणिकरण

२०७९ असार २१, मंगलबार ०८:५७ बजे

हेटौंडा – बागमती प्रदेशका प्रदेश प्रमुख माननीय यादव चन्द्र शर्माले दुई वटा विधेयक प्रमाणिकरण गरेका छन् ।

नेपालको संविधानको धारा २०१ को उपाधारा (१) बमोजिम प्रदेश प्रमुख शर्माले ‘‘आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ’’ र ‘‘प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक ’’ प्रमाणिकरण गरेका हुन् ।

बागमती प्रदेशसभाको असार १६ गते बसेको बैठकबाट पारित भई नेपालको संविधानको धारा २०१ को उपाधारा (२) बमोजिम सभामुखबाट प्रमाणित विधेयकलाई प्रदेश प्रमुख शर्माबाट प्रमाणिकरण भएको प्रदेश प्रमुख कार्यालयका प्रबक्ता समेत रहेका उपसचिव कृष्णप्रसाद आचार्यले जानकारी दिए ।