प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

अवैध कपडा सहित हेटौंडाबाट एक जना पक्राउ

२०८० भाद्र २०, बुधबार ११:०२ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट राजश्व छली गरी ल्याएको कपडा सहित मकवानपुर प्रहरीले मंगलबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा बारागढी गाउँपालिका–४ बस्ने २८ बर्षीय संजय चौधरी रहेका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत वीरगञ्जतर्फबाट हेटौंडातर्फ आउँदै गरेको प्र.२–०३–००१ च ६२०४ नम्बरको कुरीयरको पिकअप गाडीलाई रोकेर चेकजाँच गर्दा उक्त पिकअप गाडिबाट राजश्व छली गरी ल्याएको कपडा बरामद गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

कार्यालयका अनुसार कुर्था सुरुवाल ४ हजार ३७७ थान, सादा सल ८ थान, सुरुवाल ४ थान, जुत्ता ५२ जोर, ५० झोला–६ थान, बच्चाको सेन्डु ६०० थान र साडि १५ थान सहित गाडी चालक चौधरीलाई पक्राउ गरिएको हो । उक्त सामाग्री ५ लाख ९९ हजार बराबरको रहेको प्रहरीले जनाएको छ ।

गाडी चालक सहित उक्त कपडा नियन्त्रणमा लिएर वीरगञ्ज भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको छ । फाइल तस्वीर