हेटौंडा – मकवानपुरको राक्सिराङ गाउँपालिका–५ बम्कीङबाट लागूऔषध अफिमसहित एकजना शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मनहरी गाउँपालिका-७ रमनटार बस्ने ३६ वर्षीय प्रलाद अ रहेका छन् ।
प्रहरीका अनुसार दर्जी कैलाश गाउँपालिका ३ कालिकाटार स्थित भवानी माविका अस्थाई शिक्षक हुन् । राक्सिराङबाट मनहरीतर्फ आउँदै गरेको बा.५३ प ४५३९ नम्बरको मोटरसाइकललाई प्रहरीले चेकजाँच गर्न खोज्दा अन्दाजी २५ वर्षीय पुरुष फरार भएका थिए ।
मोटरसाइकल पछाडि सवार दर्जीलाई ३ केजी ४६० ग्राम अफिम र नगद ५० हजार रूपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । हाल फरार मोटरसाइकल चालक र प्रहरीले खोजी गरिरहेको छ ।