हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटे चेकपोष्टबाट प्रहरीले भन्सार छलि गरी ल्याईएका अबैध कपडा र चकलेट बरामद गरेको छ ।
मंगलबार काकडभित्ताबाट हेटौंडातर्फ आउँदै गरेको प्र.१–०२–००१ ख ९७५७ नम्बरको बसबाट कुर्था सुरुवाल ४१ थान, किटक्याट ४८ प्याकेट र डेरिमिल्क सानो ठुलो गरी ६७ प्याकेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त कपडा र चकलेट १ लाख ८६ हजार ९०० रुपैयाको रहेको प्रहरीको अनुमान छ ।
बरामद सामान आवश्यक कार्बाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।