प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

तीन बालकसहित ४ जना मकवानपुर प्रहरीको फन्दामा

२०७९ श्रावण १४, शनिबार ०७:०१ बजे

हेटौंडा – मकवानपुर प्रहरीले चोरी गर्दै गरेको अवस्थामा तीन बालकसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–५ की ३४ वर्षीया एमुना लामा, हेटौंडा–५ कै १२,१३ र १४ वर्षीय तीन बालकहरु रहेका छन् ।

गएराति २:३५ मा जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नंबर ५ को राधाकृष्ण मन्दिर पछाडीको सलमान खानको घरमा चोरी गर्दैै गरेको अवस्थामा ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले दिए । 

मोबाईल चोरी गरेर,दराज खोल्दै गरेको अवस्थामा उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता कार्कीले बताए । पक्राउ परेकाहरुलाई खानका घरका परिवारका सदस्य र स्थानीयले समातेर प्रहरीलाई खबर गरेका थिए । उनले पक्राउ परेका महिला र बालकहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।