प्रहर खबर
 २०८३ श्रावण ९, शनिवार    

हेटौंडा ४ को मतगणना अपडेटः पौडेलको गृह वडामा सिंहलाई लोकप्रिय मत

२०७९ जेठ ४, बुधबार १६:०८ बजे

हेटौंडा – नेकपा एमालेबाट मेयर पदका उम्मेदवार अन्नत पौडेलको आफ्नै (गृह) वडामा पछि परेका छन् ।

हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को हालसम्म ३ हजार ३९२ मत गणना हुँदा ८२५ सहित तेस्रो स्थानमा छन् ।

पहिलो स्थानमा १ हजार ३८८ मतसहित राप्रपाका मेयरका उम्मेदवार दिपक बहादुर सिंह छन् । गठबन्धनबाट नेकपा एसकी मिना कुमारी लामा ८७४ मत सहित दोस्रो स्थानमा छन् ।

त्यस्तै वडाअध्यक्षमा भने नेकपा एमालेका नविन सिग्देल १ हजार ४२८ मत सहित पहिलो स्थानमा छन् ।

हेटौडा उपमहानगरपालिका वडा नम्वर ४ को ३ हजार ३९२ मत गणना हुँदा

मेयर
कलम : ८७४
सुर्य : ८२५
हलो : १३८८
उपमेयर
रुख : १६८६
सुर्य: ९८०
हलो : ४६०
वडा अध्यक्ष
रूख: १३७१
सुर्य : १४२८
हलो: ३७९